काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरूवआती अग्रता लिएको छ।
बिहीबार राति ढिलो गरी मतगणना सुरू भएको यो क्षेत्रमा अहिलेसम्म २४०४ मत गनेर सकिएको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी अघि छन्।
बिहीबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणना अनुसार उनले ९५० मत ल्याएका छन्।
उनलाई ४०८ मतका साथ नेपाली कांग्रेसका कविर शर्माले पछ्याइरहेका छन्।
त्यस्तै यो क्षेत्रमा एमालेका मणिराम फुयाँलले ३५१ मत ल्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नितेस पौडेलले २७६ मत ल्याएका छन्।