दाङको निर्वाचन क्षेत्र नम्बर १ मा प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
सुरूआती चरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन्।
अहिलेसम्म २२३२ मत गणना हुँदा पाठकले १५१६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे २२२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मेटामणि चौधरीले जम्मा ८९ मत प्राप्त गरेका छन्।
लमही नगरपालिकामा राति १ बजेबाट मतगणना जारी छ।