नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल दलित संघको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ।
देउवा पक्षले बनाएको १५ औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले कात्तिक १२ गते तनहुँकी विश्वकर्मालाई दलित संघ अध्यक्ष मनोनीत गरेको पत्र दिएका हुन्।
उक्त पत्रमा दलित संघको महाधिवेशन आगामी ६ महिनाभित्र गरिसक्नसमेत जिम्मेवारी दिइएको उल्लेख छ।
देउवा पक्षले नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ र नेपाल दलित संघ अध्यक्ष मनोनीत गरिसकेको छ।