रसुवामा सुरूआती अग्रता कांग्रेसले लिएको छ।
हालसम्म १३६२ मत गणना हुँदा कांग्रेसका मोहन आचार्यले ६९९ मत प्राप्त गरेका छन्।
दोस्रोमा रास्वपाका वसन्त भट्टले ५३८ मत प्राप्त गरेका छन्।
एमालेका प्रेमबहादुर तामाङले २३८ मत पाएका छन्।
उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले ४९ मत पाएका छन्।
मतगणना जारी छ।