बाँके क्षेत्र नं. १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै उम्मेदवारले अग्रता लिएका छन्।
२ हजार ८७७ मत गणना हुँदा रास्वपाका सुरेश थारुले एक हजार ४७३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले ६५३ मत, नेकपा (एमाले)का सूर्यप्रसाद ढकालले ३०९ मत र नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डेले १८३ मत प्राप्त गरेका छन्।
प्रारम्भिक चरणमा कोहलपुर नगरपालिका बाट मतगणना सुरु गरिएको छ। मतगणना जारी छ।