काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लगातार अग्रता लिँदै आएको छ।
यहाँ गणेश पराजुली रास्वपाका उम्मेदवार छन्।
निर्वाचन अधिकृत सविता शर्माका अनुसार ६ हजार ६८७ मत गणना हुँदा पराजुलीले ४ हजार ५० मत पाएका छन्।
यो भनेको ६० प्रतिशत बढी मत हो।
नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ८२२ मत ल्याउँदा कांग्रेसका प्रमोदहरी गुरागाईंले ५७५ मत पाएका छन्।