ललितपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतपरिणाम अनुसार राणाले ९८२ मत प्राप्त गरेका छन्।
उनका निकटमत प्रतिस्पर्धी नेकपा एमालेका चेत नाथ संजेल छन्। उनले ३७२ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जनले ३४९ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले १५८ मत प्राप्त गरेका छन्।