काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले मतान्तर लगातार अग्रता लिइरहेका छन्।
काठमाडौं-८ का निर्वाचन अधिकृत सम्झना खनालका अनुसार ११ हजार ५२१ मत गनिसक्दा रास्वपा उम्मेदवार श्रेष्ठले ७ हजार ६१७ मत ल्याएका छन्।
अन्य दलका उम्मेदवारहरूले भने एक हजार मत पनि कटाएका छैनन्।
कांग्रेसकी सपना राजभण्डारीले ७३७ मत ल्याएकी छन्।
नेकपाका सुमन सायमिले ६५६ मत पाएकी छन्। त्यस्तै एमालेका राजेश शाक्यले ४३३ पाएका छन्।