कालीकोटमा मतगणना जारी छ।
यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ।
नेकपाबाट यहाँ महेन्द्र बहादुर शाही उम्मेदवार छन्। उनी कर्णालीका पूर्वमुख्यमन्त्री हुन्।
उनले ३ हजार ३९६ मतसहित अग्रता लिइरहेका छन्।
यहाँ एमाले दोस्रो स्थानमा छ।
एमालेका उमेदवार नागिन्द्र शाहीले २ हजार ५१२ मत पाएका छन्। कांग्रेस उमेदवार हर्षबहादुर बमले २ हजार ५०४ मत ल्याएका छन्।