बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमालले अग्रता कायम राखेका छन्।
निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतका अनुसार ४५२८ मत गणना भएको छ। त्यसमध्ये ४२४१ मत सदर र २८७ मत बदर भएको छ।
रास्वपाका धिमालले २ हजार ४४१ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीले ७९२ मत र नेकपा एमालेका अच्युतप्रसाद मैनालीले ७५४ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सन्तोष दंगालले ८८ र जनता समाजवादी पार्टी नेपालका रामबाबुप्रसाद यादवलले ४९ मत पाएका छन्।