धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङको अग्रता कायम छ।
पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले १७५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए।
उनका अनुसार यो मत आठ वटा मतदान केन्द्रको गणना गर्दा प्राप्त गरेको हो।
तामाङकी निकटम प्रतिस्पर्धी नेकपा एमाले भूमिप्रसाद त्रिपाठीले १०९२ मत पाएका छन्।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७३३ मत प्राप्त गरेका छन्।
त्यस्तै कांग्रेसका कृष्ण रिजालले ५३० मत प्राप्त गरेका गरेका छन्।
धादिङ क्षेत्र नम्बर २ मा बिहान ११ बजे सर्वदलीय बैठक बस्ने तयारी छ। त्यसपछि मतगणना सुरू हुनेछ।