भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रूकेश रन्जित अघि छन्।
यो क्षेत्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्लाको रूपमा मानिन्छ।
तर यसपालि रास्वपाले सुरूवातदेखि नै अग्रता कायम गरेको छ।
रास्वपाका रन्जितले ६६७२ मत प्राप्त गर्दा नेमकिपाका प्रेम सुवालले ३४६३ मत प्राप्त गरेका छन्।
भक्तपुर क्षेत्र नम्बर १ नेमकिपाले २०४८ सालदेखि जित्दै आएको थियो।