नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल प्रारम्भिक मतगणनामा पछाडि परेका छन्।
फागुन २१ गते भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल रौतहट-१ बाट प्रतिस्पर्धामा थिए।
प्रारम्भिक मतगणनामा उनी पाँचौं स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरीले ७ सय ६ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्।
जसपा नेपालका योगेन्द्रराय यादवले ५ सय ६७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अनिल झाले ३१२ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ मत प्राप्त गरेका छन्।
माधवकुमार नेपालले भने २२० मत मात्र प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा नेता नेपाल रौतहट १ बाट विजयी भएका थिए। २०५६ सालयता नेता नेपालले पटक पटक रौतहटबाट निर्वाचन लड्दै आएका छन्।
२०५६ साल, २०७० साल र २०७९ सालमा उनी रौतहट १ बाट विजयी भएका थिए।