गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले अग्रता लिएका छन्।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १, २ र ३ को मतगणना सम्पन्न हुँदा पन्थीले १३७२ मत सहित अग्रता लिएका हुन्।
त्यस्तै नेपाली कांग्रेसका भुवन श्रेष्ठले १३१३ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले १२३९ र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ४६२ मत प्राप्त गरेका छन्।