मोरङ ६ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला रास्वपाका उम्मेदवार भन्दा निकै पछाडि परेका छन्।
कांग्रेसका कोइरालाभन्दा रास्वपाकी उम्मेदवार रूबिना आचार्य झण्डै ५ गुणा मतले अघि छिन्। मतगणना जारी छ।
रुबिनाले ६ हजार ६ सय १ मत प्राप्त गर्दा कोइरालाको १ हजार ४ सय २७ मत मात्र ल्याएका छन्।
नेकपा एमालेका विनोद ढकाल १ हजार ३ सय ४४ मत सहित तेस्रो स्थानमा छन्।
श्रम संस्कृति पार्टीका मातृका पौडेल १ हजार २ सय ९३ मत प्राप्त गरेका छन्।
राप्रपाका सविन निरौलाले २८२ र नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्रकुमार रायले १ सय ८५ मत प्राप्त गरेका छन्।