मोरङ-२ मा नेपाली कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजाल पछाडि परेका छन्। उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कृष्णकुमार कार्कीले अग्रता लिइरहेका छन्।
पहिलो स्थानमा रहेका कार्कीले २ हजार ७ सय ९ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेकपा एमालेका दिलीपकुमार अग्रवाल छन्। उनले ९ सय ६ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसले यहाँ मिनेन्द्र रिजाल उम्मेदवार छन्। उनी तेस्रो स्थानमा छन्।
उनले ७५६ मत प्राप्त गरेका छन्। चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका चन्द्रवीर राई छन्।
श्रम संस्कृति पाटीका अबुहो रैरहले ८३ मत मात्र प्राप्त गरेका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएका बेला रिजालले २०७४ सालमा मोरङ २ बाट विजयी भएका थिए। तर २०७९ सालको निर्वाचनमा उनले टिकट पाएका थिएनन्।