अछाम क्षेत्र नम्बर १मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार भीम रावलले अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार उनले ४८७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका दिपकबहादुर साउँदले ३४२ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा नेपाली कांग्रेसका भरतकुमार स्वारले १०९ मत पाएको आयोगले जनाएको छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा छ। रास्वपाका ओमप्रकाश रावलले ४२ मत प्राप्त गरे।