काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले मतान्तर बढाएका छन्।
पछिल्लो मत परिणाम अनुसार पाण्डेले ११ हजार १३८ मत प्राप्त गरेका छन्।
यता कुलमान घिसिङले ६६९९ मत प्राप्त गरेका छन्।
उनीहरूबीच ४४३९ मतको अन्तर देखिएको छ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका रमेश अर्यालले ३८९८ मत प्राप्त गरेका छन्।