प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी सिन्धुपाल्चोक–२ को मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ।
हेलम्बुबाट सुरू गरेको गणनामा नेपाली कांग्रेसका बंशलाल तामाङले ८२८ मत ल्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलालले ४ सय ६८ मत ल्याएका छन्। एमालेका शेरबहादुर ताामाङले ३१२ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अजय श्रेष्ठले २५३ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी
(राप्रपा)का गोपीकृष्ण चौलागाईंले १० मत प्राप्त गरेका छन्।