प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मत गणनामा सिन्धुपाल्चोक–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ। रास्वपाका भरत पराजुलीले १ हजार ११४ मत ल्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का माधव सापकोटाले ३७३ मत ल्याएका छन्। नेपाली कांग्रेसका जगबहादुर तामाङले ३०१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सरेश नेपालले २४४ मत ल्याएका छन्।
भोटेकोशी गाउँपालिकाबाट मत गणना गरिएको निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ।