राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रारम्भिक मतगणनामा पछाडी परेका छन्।
झापा ३ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका लिङ्देनले हालसम्म जारी मतगणनामा ३ हजार ७० मत प्राप्त गरेका छन्।
रास्वपाका प्रकाश पाठकले भने लिङ्देन भन्दा दोब्बर बढी मत प्राप्त गरेका छन्। उनले ६ हजार ८२ मत प्राप्त गरेका छन्।
श्रम संस्कृति पार्टीका दिपक तिम्सिनाले १ हजार ५ सय ८२ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका हरीबहादुर राजवंशीले १ हजार ३ सय ८२ मत ल्याएका छन्। कांग्रेसका राजेन्द्रकुमार घिमिरेले १ हजार २ सय ७ मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले १८८ मत ल्याएका छन्।
यसअघि झापा ३ बाट राप्रपाका लिङ्देन विजयी भएका थिए। लिङ्देनलाई नेकपा एमालेले सघाएको थियो। राप्रपाले पनि कोशीका विभिन्न जिल्लामा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको थियो।