सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्।
सिंहले अहिलेसम्म २८४७ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले १७१४ मत ल्याएका छन्।
उनीहरूबीच ११३३ मतान्तर छ।
यहाँ एमालेका उम्मेदवार अमनिशकुमार यादवले ४१० मत ल्याएका छन्।
यस क्षेत्रमा मतगणना जारी छ।