गोरखा क्षेत्र नम्बर २ मा पनि मतगणना सुरू भएको छ।
प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार कविन्द्र बुर्लाकोटी अगाडि छन्।
बुर्लाकोटीले ७९१ मत ल्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले २२१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले १३७ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार मिलन गुरूङले ७९ मत ल्याएका छन्। मतगणना जारी छ।
गोरखा १ को भने मतगणना सुरू भएको छैन। मतपत्र संकलनको काम भइरहेको छ।