नवलपरासी पश्चिम १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालले प्रारम्भिक अग्रता हासिल गरेका छन्।
खनालले जारी मतगणनामा ३ हजार २ सय ८० मत प्राप्त गरेका छन्।
उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोदकुमार चौधरी भन्दा दोब्बर मतले अगाडि छन्। चौधरीले १ हजार ४ सय २० मत प्राप्त गरेका छन्।
नेकपा एमालेका रामप्रसाद पाण्डेयले १ हजार १ सय ९ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ सय ३१ मत प्राप्त गरेका छन्।
२०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट चौधरी विजयी भएका थिए। खनाल त्यतिबेला नेपाली कांग्रेसमै थिए। तर निर्वाचनको ठिक अघि उनी रास्वपा प्रवेश गरेका थिए।