प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा भक्तपुर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ।
चाँगुनारायण नगरपालिकाबाट गणना गर्दा रास्पपाले अग्रता लिएको थियो।
भक्तपुर नगरपालिकाभित्र प्रवेश गर्दा पनि नेमकिपाले मतान्तर घटाउन सकेको छैन।
नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपाले त्यहाँ २०४८ सालदेखि निरन्तर जित्दै आएको छ। स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाभित्रको वडा सदस्य पनि अरू पार्टीले जितेका छैनन्।
हालसम्मको गणनाअनुसार भक्तपुर–१मा रास्वपाका रूकेश रञ्जितले १२ हजार १७१ मत ल्याएका छन्।
नेमकिपाका प्रेम सुवालले ८ हजार ५३८, नेपाली कांग्रेसका किरण न्यौपानेले १ हजार ९८२ मत ल्याएको छ। चौथो स्थानमा रहेको १ हजार १९३ मत ल्याएका छन्। राप्रपाका भरतबहादुर खड्काले ५३९ मत ल्याएका छन्।