प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ–३ को जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले अग्रता कायमै राखेका छन्।
रास्वपाका गणेश कार्कीले २ हजार ७८८ मत ल्याउँदा प्रतिस्पर्धी अमीर मगरले २ हजार २०० मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका सुनीलकुमार शर्माले २ हजार १३४ मत प्राप्त गरेका छन्। एमालेका इरनकुमार राईले ६०९ मत प्राप्त गर्दा नेकपाका डा. देउमान सम्बाहाङ्फेले १०३ मत प्राप्त गरेका छन्।