हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार तीन क्षेत्रमा अघि छन्।
इलाम क्षेत्र नम्बर २, पाँचथर र धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
श्रम संस्कृति पार्टीबाट इलाम २ मा सुदीप राईले १ हजार ५०४ मत ल्याएर अघि छन्।
धनकुटामा सानबहादुर राई २८५१ मतसहित अघि छन्। साथै पाँचथरमा हस्तराज शेर्मा ३०३ मतसहित अघि छन्। मतगणना जारी छ।