गुल्मीका दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्।
क्षेत्र नम्बर १ मा सागर ढकाल र क्षेत्र नम्बर २ मा गोबिन्द पन्थीले अग्रता लिइरहेका छन्।
ढकालले ३ हजार ९६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १६०९ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका प्रदिप ज्ञवालीले १५४६ मत प्राप्त गरे।
त्यस्तै क्षेत्र नम्बर २ का पन्थीले ३९६९ मत ल्याएर अग्रता कायम राखेका छन्।
दोस्रोमा नेकपा एमालेका गोकर्ण विष्ट छन्। उनले ३१२७ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा कांग्रेसका भुवनप्रसाद श्रेष्ठले २५८७ मत प्राप्त गरेका छन्।