चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोबिता गौतमले दोब्बर मतान्तर कायम गरेकी छन्।
उनले १३ हजार ४२९ मत पाएकी छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेणु दाहालले ६ हजार ५५७ मत पाएकी छन्।
नेकपा (एमाले)का शंकरराज थपलियाले १ हजार ७२६ मत पाएका छन्।
कांग्रेसका टेकप्रसाद गुरूङले १४४० मत पाएका छन्।