मोरङ क्षेत्र नम्बर ६ का रास्वपा उम्मेदवार रूबिना आचार्य १७ हजार मतले अगाडि छिन्।
आचार्यले २२ हजार ४०५ मत प्राप्त गरेकी छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइराला ५२७७ मत प्राप्त गरेका छन्।
कोइराला भन्दा रूबिना १७ हजार मतले अगाडि छन्।
यस्तै तेस्रो स्थाना नेकपा एमालेका विनोदप्रसाद ढकालले ३ हजार ९६८ मत प्राप्त गरेका छन्।