रूपन्देही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेलाई उछिनेको छ।
यहाँ एमालेबाट प्रमोद यादव उम्मेदवार छन्। सुरूवातदेखि दिउँसोसम्म उनले अग्रता लिँदै आएका थियो।
रास्वपाले यहाँ कन्हैया बानियाँलाई उम्मेदवार बनाएको छ। कांग्रेसले आशुतोष मिश्र उम्मेदवार छन्।
दिउँसो रास्वपा तेस्रो स्थानमा थियो।
एमालेका यादवले ९ हजार २०६ मत पाउँदा कांग्रेसका आशुतोष मिश्र ८ हजार ७७० मत ल्याउँदै दोस्रो थिए। रास्वपाका कन्हैयाले ८ हजार ४४७ मत ल्याएका छन्।
साँझसम्म रास्वपा उम्मेदवार कन्हैया बानियाँले उछिनेका हुन्।
ताजा परिणामअनुसार कन्हैयाले १२ हजार ३६६ मत पाएका छन्।
एमालेका प्रमोदले १२ हजार ३१३ मत पाउँदा कांग्रेसका मिश्रले १९ हजार ५८५ मत पाएका छन्।