कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङको श्रम संस्कृती पार्टीले अग्रता लिएको छ।
पाँचथर, इलाम २, धनकुटा, भोजपुर, खोटाङ र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरुले अग्रता लिएका हुन्।
पाँचथरको सुरुआती मतगणनामा श्रम संस्कृतिका हस्तराज शेर्माले अग्रता लिइरहेका छन्। उनले ६५६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले ४६२ मतका साथ पछ्याइरहेका छन्। नेकपा एमालेका अइन्द्र सुन्दर नेम्वाङले ३६४ मत ल्याएका छन्।
इलाम २ मा सुदीप राईले अग्रता लिएका छन्। उनले १ हजार ५०४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सुहाङ नेम्बाङले उनलाई पछ्याइरहेका छन्। नेम्वाङले १ हजार ३६० मत ल्याएका छन्। नेपाली कांग्रेसका भेषराज आचार्यले ७३३ मत प्राप्त गरेका छन्।
धनकुटामा सानबहादुर राईले ३ हजार २३७ मत सहित अग्रता लिएका छन्। नेकपा एमालेका राजेन्द्रकुमार राईले २ हजार ३९९ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका दिनेश राईले १ हजार ८२५ मत प्राप्त गरेका छन्।
भोजपुरमा ध्रुवराज राईले ८४७ मतका साथ अग्रता लिएका छन्। एमालेका शेरधन राई ७६१ मतका साथ पछ्याइरहेका छन्।
खोटाङमा आरेन राईले ३९५ मतका साथ अग्रता लिएका छन्। नेपाली कांग्रेसका वीरकाजी राईले ३२६ मतका साथ पछ्याइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ११९ मत प्राप्त गरेका छन्।
उदयपुर २ मा वलराज राईले ८७२ मतका साथ अग्रता लिएका छन्। नेकपा एमालेका अम्बर बहादुर रायमाझीले ५ सय २२ मतका साथ पछ्याइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका सुरेश कुमार राईले ४ सय ५७ मत प्राप्त गरेका छन्।
पार्टी अध्यक्ष हर्क सामपाङ भने मतगणनामा पछि परेका छन्। रास्वपाकी गोमा तामाङ १ हजार १५ मतका साथ अग्रता लिइरहेकी छन्। सामपाङले ३०३ मत प्राप्त गरेका छन्।