ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्ध रत्न महर्जनले अग्रता लिएका छन्।
रास्वपाका महर्जनलाई यसअघि कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले पछि पार्दै आएका थिए।
महर्जनले ७०७१ मत पाउँदा राणाले ७०६४ मत पाएका छन्। उनीहरूबीच ७ मतको मात्रै मतान्तर छ।
तेस्रो स्थानमा नेकपा एमालेका चेतनाथ संजेलले ४ हजार २० मत पाएका छन्।