अछाम क्षेत्र नम्बर दुईको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ। एमालेका यज्ञ बहादुर बोगटीले ७२६ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन्।
कांग्रेसका पुष्पदेव बहादुर साह दोस्रो स्थानमा छन्। उनले ४३३ मत प्राप्त गरेका छन्।
यहाँ रास्वपाले भूपदेव शाहलाई उम्मेदवार बनाएको छ। उनी प्रारम्भिक मत गणनामा तेस्रो स्थानमा छन्।
बालेन साह काठमाडौं महनगरपालिकाका मेयर हुँदा उनको सचिवालयमा काम गरेका भूपदेवले भूपदेवले ३५५ मत ल्याएका छन्।
अछाम १ मा नेकपाका भीम रावलले अग्रता लिइहरेका छन्। उनले २ हजार ४३४ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा एमालेका दिपक बहादुर साउंद २ हजार ११७ र कांग्रेसका भरत कुमार स्वार १ हजार ७६४ मत प्राप्त गरेका छन्।