बाग्लुङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको अग्रता छ।
निर्वाचन आयोगले प्रकाशित गरेको अहिलेसम्मको मतपरिणाम अनुसार बाग्लुङ १ मा रास्वपाका सुशील खड्का र २ मा सोम शर्माले अग्रता लिएका छन्।
खड्काले अहिलेसम्म ३९०० मत ल्याएका छन् भने शर्माले ५८४२ मत ल्याएका छन्।
दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले उनीहरूलाई पच्छ्याइरहेका छन्।
१ मा कांग्रेसका भिम श्रीसले २५११ र २ मा टेकराज पौडेलले ५२२५ मत ल्याएका छन्।