सप्तरी-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले झिनो मतान्तरले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार उपेन्द्रले २०९२ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरीले २०५८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनीहरू बीचको मतान्तर ३४ मात्र छ।
यहाँ नेपाली कांग्रेसका दिनेशकुमार यादवले २९३ मत ल्याएका छन्।