प्रतिनिधि सभा निर्वाचन २०८२ मा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता लिएको छ।
१ नम्बर क्षेत्रमा खडक राज पौडेल (गनेश पौडेल) ले १२ हजार १७९ मत ल्याएर अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) ले ५ हजार ४०५ मत ल्याएर पछ्याइरहेका छन्।
२ नम्बर क्षेत्रमा रास्वपाका उत्तमप्रसाद पौडेलले एमाले उम्मेदवार रश्मी आचार्यलाई तेब्बर बढी मतले पछि पारेका छन्। उनले २२ हजार १३९ ल्याएर अघि छन् भने आचार्य ५,९२६ मतका साथ दोस्रोमा छन्।
क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार विना गुरूङ ३० हजार ३७१ मतका साथ अघि छन्। यहाँ भने दोस्रो नम्बरमा भएका कांग्रेसका उम्मेदवार मनोन गुरूङले १० हजार ७०२ ल्याएका छन्।