गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्टले अग्रता लिएका छन्।
पछिल्लो मतगणनाको परिणाम अनुसार बिष्टले ७११५ मत सहित अग्रता लिएका हुन्।
उनका निकट प्रतिन्द्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थीले ६३६० मत ल्याएका छन् भने नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ५५९५ मत ल्याएका छन्।