चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सोविता गौतमले दोब्बर मतान्तर कायम गरेकी छन्।
उनले अहिलेसम्म २३५१८ मत पाएकी छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले १००२० मत पाएकी छन्।
रेनुभन्दा सोविता १३४९८ मतले अगाडि छिन्।
नेकपा (एमाले) का शंकरराज थपलियाले २४७७ मत पाएका छन्। कांग्रेसका टेकप्रसाद गुरूङले ३०२८ मत पाएका छन्।