सप्तरी-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरीले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार अमरकान्तले ३१७५ मत ल्याएका छन् भने उपेन्द्रले २८२१ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनीहरू बीचको मतान्तर ३५४ छ।
यहाँ नेपाली कांग्रेसका दिनेशकुमार यादवले १३५५ मत ल्याएका छन्। सिके राउत नेतृत्वको जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्माले ४०० मत ल्याएका छन्।