इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङलाई २६९ मतले पछाडि पार्दै श्रम संस्कृति पार्टीका सुदीप राईले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार यहाँ सुदीपले ३३२८ मत ल्याएका छन् भने सुहाङले ३०५९ मत ल्याएका छन्।
नेपाली कांग्रेसका भेषराज आचार्य १४९२ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओम गुरूङ २२८ मत ल्याएर चौथो स्थानमा छन्।
यहाँ अहिलेसम्म चुलाचुली गाउँपालिकाका २, ३, ४, ५ र ६ नम्बर वडा र माई नगरपालिकाको ६ नम्बर वडाको मत गणना सकिएको छ।