प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरतप्रसाद पराजुलीले अग्रता लिइरहेका छन्।
उनले ३५६७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटाले २३२६ मत ल्याएका छन्। सापकोटा १२४१ मतले पछि छन्।
एमालेका सरेश नेपालले १६८४ मत र कांग्रेसका जंग बहादुर लामाले १३८६ मत प्राप्त गरेका छन्।
सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका वंशलाल तामाङले अग्रता लिइरहेका छन्।
उनले २०८७ मत प्राप्त गरेका छन्। उनलाई नेकपाका युवराज दुलालले पछ्याइरहेका छन्।
उनी १२ मतले मात्र पछि छन्। युवराजले २०७५ मत प्राप्त गरेका छन्।
एमालेका शेरबहादुर तामाङले १३७३ मत र रास्वपाका झलक कुमार श्रेष्ठले १२१९ मत ल्याएका छन्।