कास्की– ३ बाट प्रतिनिधी सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङको जित सुनिश्चित भएको छ।
उक्त क्षेत्रबाट खसेको कुल मत ६५ हजार ४०४ मध्ये बिनाले हालसम्म गणना गरिएको मतमध्ये ३२ हजार ११२ मत ल्याएर जित सुनिश्चित गरेकी हुन् ।
उनका प्रतिश्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले ११ हजार २५७ मत पाएका छन् भने नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले ६ हजार ७०५ मत, नेकपाका गोपाल गिरीले १ हजार २७४ मत, राप्रपाका अर्जुन खनालले १ हजार १७५ मत पाएका छन् ।
निर्वाचन कार्यालय कास्कीका अनुसार यस क्षेत्रमा अहिलेसम्म ५६ हजार १३२ मत गणना भइसकेको छ ।
जसमा २ हजार ३७९ मत बदर भएको छ । कास्की– ३ मा अहिले पोखरा महानगरपालिका– २४ र २५ नम्बर वडाको मत मात्र गन्न बाँकी छ ।