कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्।
शाही ९८६ मतान्तरले विजयी भएका निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए।
'हामीले महेन्द्रबहादुर शाहीलाई विजयी घोषणा गरिसकेका छौं,' उनले भने।
अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेका थिए।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १०३५२ मत प्राप्त गरेको दाहालले बताए।