प्रतिनिधि सभा निर्वाचन २०८२ मा तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले अग्रता लिएका छन्।
उनले एमालेका भानुभक्त ढकाललाई पछि पारेका हुन्।
निर्वाचन आयोगको पछिल्लो मत अपडेटमा कांग्रेसका सुब्बाका ८०८० मत प्राप्त गरेका छन्। एमालेका ढकाल ७९७५ मत ल्याएका छन्।
उनीहरूलाई पछ्याइरहेका रास्वपाका सुरेन्द्र कार्कीले ६१८२ मत प्राप्त गरेका छन्।