सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई तेब्बर मतले पछि पारेकी छन्।
तामाङले १७५५ मत ल्याएकी छन् भने साम्पाङले ५७३ पाएका छन्।
यो क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्र तामाङ ३५८ मत ल्याएर तेस्रो स्थानमा छन्।
सुनसरी १ मा धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएको छ। सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता छन्।
अहिले यो क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेकपा एमालेका टिकाराम लिम्बू, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ लगायत उम्मेद्वार छन्। यसपटक यहाँ राजनीतिक दलहरूबाट १९ जना र स्वतन्त्र ७ गरी कूल २६ जना उम्मेद्वार चुनावी मैदानमा छन्।