प्रतिनिधि सभा निर्वाचन २०८२ मा रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्र सबैमा रास्वपा उम्मेदवारहरूले लगातार अग्रता कायम राखेका छन्।
यीमध्ये चार वटामा निकट प्रतिस्पर्धीको तुलनामा रास्वपा धेरै अघि छ। एउटा क्षेत्रमा मात्रै रास्वपाका उम्मेदवारसहित तीन दलका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ।
कहाँ कति अग्रता?
रूपन्देही १
सुनिल लम्साल १४८२४ (रास्वपा)
प्रज्जवल बोहरा ४४१४ (राष्ट्रिय प्रजातन्त्र पार्टी)
अन्तर: १०४१०
रूपन्देही २
सुलभ खरेल: ३२१८८( रास्वपा)
विष्णु प्रसाद पौडेल: ६८४९ (एमाले)
अन्तर: २५३३९
रूपन्देही ३
डा.लेखजंग थापा: २६२७३ (रास्वपा)
सुशील गुरुङ्ग: ३७९४ (कांग्रेस)
अन्तर: २२२४७
रूपन्देही ४
कन्हैया बनिया: १५००४ (रास्वपा)
प्रमोद कुमार यादव : १४३७९ (नेकपा)
आशुतोष मिश्र : १२०३१ (कांग्रेस)
तीन पक्षीय प्रतिस्पर्धा
रूपन्देही ५
तौफिक अहमद खान: १४०५३ (रास्वपा)
खिमलाल भट्टराई: ४९२८ (एमाले)
अन्तर: ९१२५