कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरूङ निर्वाचित भएकी छन्।
निर्वाचन कार्यालय कास्कीका अनुसार गुरूङ ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरूङले १२ हजार ७८० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल 'बैरागी' ले ७ हजार ९०६ मत पाएर तेस्रो स्थानमा छन्।
त्यस्तै, उक्त क्षेत्रबाट नेकपाका गोपाल गिरीले १ हजार ४५६ मत र राप्रपाका अर्जुन खनालले १ हजार ४०६ मत पाएका छन्।
कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकामा बिहीबार भएको निर्वाचनमा ६५ हजार ४०७ मत खसेको थियो। रास्वपाकी गुरूङले कुल खसेको मतको आधाभन्दा बढी मत पाएर विजयी भएकी हुन्।
पोखरामा व्यवसाय र महिला सशक्तीकरणमा सक्रिय बिना रास्वपा कास्कीका कोषाध्यक्ष हुन्।