प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौं निर्वाचन क्षेत्र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलको जित सुनिश्चित भएको छ।
निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपाका उम्मेदवार सस्मितले शुक्रबार राति १२ बजेसम्म २७४७७ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ८२११ मत प्राप्त गरेका छन्। रास्वपाका सस्मित १९२६६ मतले अगाडि छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार इश्वर पोखरेलले ४१७२ मत प्राप्त गरेका छन्।
अहिलेसम्म ४४२२९ मतगणना भएको छ। तीमध्येमा ४२८४२ मत सदर भएका छन्। उक्त मत गन्दा रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेको निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन्।
उनका अनुसार अब बाँकी मात गन्दा पनि रास्वपाका उम्मेदवारलाई निकट प्रतिस्पधीले भेट्याउने देखिदैन। यस निर्वाचन क्षेत्रमा ५१ हजार बढी मत खसेको थियो।