पछिल्लो मत परिणाम अनुसार मधेस प्रदेशको बारा जिल्लाका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिइरहेको छ।
बाराका चारै क्षेत्रमा आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा रास्वपाका उम्मेदवार निकै अघि छन्।
बारा क्षेत्र नम्बर १, २ र ४ मा तेब्बर मतले रास्वपा उम्मेदवार अघि छन्। २ नम्बर क्षेत्रमा भने १५ सय मतले रास्वपा अघि छ।
बारा १ मा रास्वपाका गणेश धिमालले १७२५९ मत ल्याएका छन्।
एमालेका अच्युत प्रसाद मैनाली ५४७८ मत ल्याएर दोस्रो स्थानमा छन्। यहाँ कांग्रेसका शम्भुबहादुर बुढाथोकीले ४४१३ मत ल्याएका छन्।
बारा २ मा रास्वपाका चन्दन कुमार सिंहले ३८२२ मत पाएर अग्रता लिइरहेका छन्।
दोस्रोमा जनता समाजवादी पार्टी (जसपा) का रामकिशोर प्रसाद यादवले २३१२ मत पाएका छन्। यहाँ एमालेका वलवीर प्रसाद चौधरीले १६२३ मत ल्याएका छन्।
बारा ३ मा अरबिन्द साह २३५६७ मतका साथ अघि छन्।
दोस्रोमा नेपाली कांग्रेस फरमुल्लाह मन्सुर छन्। उनले ६६८४ मत पाएका छन्।
यहाँ जसपाका रामबाबु कुमार यादवले ३६९६ मत पाएका छन्।
बारा ४ मा रास्वपाकै रहबर अन्सारी फराकिलो मतान्तरले अगाडि छन्। उनले २३०४४ मत पाएका छन्।
दोस्रोमा रहेका नेकपा एमालेका कृष्ण कुमार श्रेष्ठको ५८७५ मत आएको छ।
यहाँ नेपाली कांग्रेस श्यामबाबु गुप्ताले ३७९२ मत ल्याएका छन्।